🐐 Khasi(खसी)/Boka(बोका)/Chyangra(च्यांग्रा) अग्रिम बुकिङ्ग
📋 Booking Summary (बुकिङ सारांश)
- Item: -
- Weight Range: -
- Quantity: 1
- Total Booking Price: 0 NPR
- Your Name: -
- Mobile Number: -
- Address: -
- Payment Method: -
खसी,बोका तथा च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङका लागि नियम तथा सर्तहरुः
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (FMTCL),द्वारा खसी,बोका तथा च्याङ्ग्राको अग्रिम बुकिङ गर्दा तलका नियम तथा सर्तहरू लागू हुनेछन्:-१. अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ्ग मान्य हुनेछ।बुकिङ्गको कोड नम्बर/खसी, बोका तथा च्याङ्ग्रा संकलनको समयमा अनिवार्य रुपमा देखाउनु पर्नेछ।ग्राहकले एकपटक बस्तु बुझिसकेपछि पुनः पुरानै कोड नम्बर लिई आएमा कम्पनीले बस्तु उपलब्ध गराउन बाध्य हुनेछैन ।
२. कम्पनीले उपभोक्ताको माग बमोजिम बस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानी वापतको रकम फिर्ता हुनेछैन।
३. उपभोक्ता कम्पनीको बिक्री केन्द्रमा आई बस्तु छनौट गरेपश्चात बस्तुको पर्न आउने कूल मोलमा अग्रिक भुक्तनी बापतको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्नेछ।
४. बस्तुको मूल्य कम्पनीले निर्धारण गरेको प्रति के.जी दर अनुसार हुनेछ।तौलमा सानोतिनो भिन्नता हुन सक्छ, अन्तिम रकम वास्तविक तौलानुसार निर्धारण हुनेछ।
५. तोकिएको मितिमा यस कम्पनीको बागमती प्रादेशिक कार्यालय, थापाथली प्राङ्गणबाट मात्र खसी,बोका तथा च्याङ्ग्राहरू प्राप्त गर्न सकिनेछ।आफूले बुकिङ्ग गरेको बस्तु समयमै लिन नआई पछि दाबी गर्न आएमा अग्रिम भुक्तानी बापतको रकम फिर्ता गरिनेछैन।
६. कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङ्ग्राहरू स्वास्थ्यदायी र मापदण्डअनुरूपका हुनेछन्। विशेष जात वा रंगको सुनिश्चितता गर्न सकिने छैन।
७. यी शर्तहरू नेपालका प्रचलित कानुन अनुसार लागू हुनेछन्।विवाद भएमा प्रचलित कानुनबमोजिम हुनेछ।
सम्पर्क:
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (FMTCL)
भद्रकाली, काठमाडौँ, नेपाल फोन: 015348891 | इमेल: info@fmtc.org.np | वेबसाइट: www.fmtc.org.np
